राष्ट्रिय खेलकुद: पुरुष ह्याण्डबलमा गण्डकीलाई स्वर्ण

महिला ह्याण्डबल आर्मीलाई स्वर्ण

जनसम्मत
असाेज २९, २०७९, शनिबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष ह्याण्डबलमा घरेलु गण्डकीले स्वर्ण पदक जितेको छ।

पोखरा रंशालास्थित शनिबार भएको फाइनलमा गण्डकीले विभागीय आर्मीमाथि ४३–३६ ले पराजित गर्दै गण्डकीले स्वर्ण जितेको हो।

पुरुष ह्याण्डबलमा स्वर्ण जितेसँगै जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामै गण्डकीलाई पहिलो स्वर्ण मिलेको हो।

८ औं राष्ट्रिय खेलकुदमा गण्डकी स्वर्ण पदक विजेता हो। विभागीय आर्मीले रजत पदक जितेको छ।

विभागीय सशस्त्र एपीएफले कास्य पदक जितेको छ। एपीएफले शनिबार विहान तेस्रो स्थानका लागि भएको खेलमा लुम्बिनीलाई ३५–१३ ले हराउँदै कास्य पदक जितेको हो।

 

महिला ह्याण्डबल आर्मीलाई स्वर्ण

नवौं राष्ट्रिय महिला ह्याण्डबलमा विभागीय आर्मीले स्वर्ण पदक जितेको छ।

आर्मीले अर्को विभागीय क्लब एपीएफलाई १७–१६ ले हराउँदै स्वर्ण पदक जितेको हो। उपविजेता एपीएफले रजत पदक जितेको छ।

त्यसैगरि, गण्डकी प्रदेशले कास्य पदक जितेको छ। शनिबार विहान तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले प्रदेश–१ लाई २२–७ ले हराउँदै कास्य पदक जितेको हो।