राष्ट्रिय खेलकुद: महिला बास्केटबलमा आर्मीको लगातार दोस्रो जित

जनसम्मत
असाेज २९, २०७९, शनिबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा विभागीय त्रिभुवन आर्मीले लगातार दोस्रो जित निकालेको छ।

शनिबार भएको खेलमा आर्मीले सुदुरपश्चिम प्रदेशलाई ६८–३० अंकको अन्तरमा जित हासिल गरेको हो।

प्रतियोगिताको पहिलो चरणमा आर्मीले सुदुरपश्चिमविरूद्ध १७–५ को अन्तर बनाएको थियो। दोस्रो, तेस्रो र चौथो चरणमा पनि आर्मीले निरन्तर अग्रता कायम गरेको थियो। जहाँ आर्मीले १५–३, २२–१० र २४–१२ अंक जोडेको थियो।

यसअघिको (शुक्रबार) उद्घाटन खेलमा आर्मीले मधेस प्रदेशलाई ७१–१३ को फराकिलो अन्तरमा पराजित गरेको थियो।