राष्ट्रिय खेलकुद: प्रदेश–१ ले घरेलु गण्डकीलाई हरायो

जनसम्मत
असाेज २९, २०७९, शनिबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा प्रदेश नम्बर १ बिजयी भएको छ।

स्याङ्जाको वालिङमा भएको खेलमा प्रदेश–१ ले घरेलु टोली गण्डकीलाई २–१ गोल अन्तरले हराउँदै
जित हात पारेकोे हो।

शनिबारको खेलमा अन्जना थुलुङ राईले ३६ आँै मिनेटमा गोल गर्दै प्रदेश–१ लाई अग्रता दिलाइन्। दोस्रो हाफको ६३ औँ मिनेटमा प्रदेश–१ की अनिता गुरुङले थप १ गोल गर्दै टोलीलाई अग्रता दिलाइन्।

८१ औँ मिनेटमा गण्डकीकी शान्ति नेपालीले घरेलु टोली गण्डकी प्रदेशको तर्फबाट सान्त्वना गोल गरिन्।