शताब्दी पुरुष सत्यमोहन जोशीको शव अस्पताललाई जिम्मा लगाइयो

जनसम्मत
असाेज ३१, २०७९, सोमबार

शताब्दी पुरुष सत्यमोहन जोशीको शव अस्पताललाई जिम्मा लगाइयो

शताब्दी पुरुष सत्यमोहन जोशीको शरीर जलाइएन।

ललितपुरको ग्वार्को इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएका जोशीको शव नजलाई अस्पताललाई अध्ययनका लागि जिम्मा लगाइएको छ।

जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शव नजलाइने भएको हो। जोशीले मृत्यु अघि नै शरीर दान गरेका थिए।

पिताकै इच्छाअनुसार छोराहरु अनुराज र डा पूर्णराज जोशीले आइतबार साँझ बागमती घाटमा जोशीको जन्मकुण्डली जलाएका छन्।

जोशीको हिँजो (आइतबार) बिहान १०३ वर्षको उमेरमा निधन भएको हो।