राष्ट्रिय खेलकुद: सेपाकताक्रोको महिला/पुरुष डबल्सतर्फको दुवै स्वर्ण आर्मीलाई

आर्मीका लागि पुरुष डबल्सतर्फ अनिल जर्घामगर, रोशन तामाङ र दिपेशजंग थापाले स्वर्ण दिलाए

जनसम्मत
असाेज ३०, २०७९, आइतबार

नवौं राष्ट्रिय खेलकुद अन्तगरत सेपाकताक्रो पुरुष र महिला डबलतर्फका दुवै स्वर्ण पदक आर्मीले हात पारेको छ ।

पुर्वी नवलपरासीको कावासोतीमा सञ्चालन भइरहेको पुरुषतर्फको डबल्समा विभागीय टिम आर्मीले प्रदेश–१ लाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो।

आर्मीका लागि पुरुष डबल्सतर्फ अनिल जर्घामगर, रोशन तामाङ र दिपेशजंग थापाले स्वर्ण दिलाए। पुरुषतर्फ रजत पदक प्रदेश–१ र कास्य पदक पदक बागमतीले हात पारेका छन्।

महिला डबल्सतर्फ पनि आर्मीले वागमती प्रदेशलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको छ। आर्मीका लागि महिला डबल्सतर्फ चन्दा चौधरी, सुमिना डंगोल र सोममाया थापाले स्वर्ण दिलाए। महिलातर्फ बागमतीलाई रजत र गण्डकीले कास्य पदक हात पारेका छन्।
महिला र पुरुषका फरक–फरक ३ विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छ्न्।