राष्ट्रिय खेलकुद: आर्मीका सूर्यलाई हाइजम्पमा स्वर्ण

जनसम्मत
असाेज ३१, २०७९, सोमबार

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष हाइजम्पमा त्रिभुवन आर्मी क्लबका सुर्यबहादुर खत्रीले स्वर्ण पदक जितेका छन्।

पोखरा रंगशालामा आइतबार भएको खेलमा सूर्यले हाइजम्पमा १.९० मिटर उचाई जम्प गर्दै स्वर्ण पदक जितेका हुन्।

बागमती प्रदेशका निकेश महतोले १.७५ मिटर उचाई जम्प गर्दै रजत पदक र नेपाल पुलिसका रोशन दनुवारले १.७५ मिटर उचाई जम्प गर्दै कास्य पदक हात पारे।