राष्ट्रिय खेलकुद: महिला बास्केटबलमा बागमतीको जित

जनसम्मत
असाेज ३०, २०७९, आइतबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तनहुँमा जारी महिला बास्केटबल प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ।

आइतबार भएको खेलमा बागमतीले गण्डकीलाई ६७–४३ अंकको अन्तरमा पराजित गरेको हो।

प्रतियोगिता लिग चरणमा खेलाइएको प्रतियोगिताको पहिलो क्वार्टरमा बागमतीले २५–५ को फराकिलो अन्तर बनाएको थियो। यसैगरी बागमतीले दोस्रो क्वार्टरमा १३–८, तेस्रो चरणमा २०–१४ को अन्तर बनायो। चौथो क्वर्टरामा गण्डकीले १६–९ को अन्तर बनायो।
खेलमा गण्डकीकी सीमा गर्वुजाले सर्वाधिक १६ अंक जोडेकी थिइन्।

यसअघिको खेलमा बागमतीले प्रदेश–१ लाई ७५–२४ को अन्तरमा जित हासिल गरेको थियो।