राष्ट्रिय खेलकुद: बास्केटबलमा गण्डकी, एपीएफ र आर्मी विजयी

जनसम्मत
असाेज ३०, २०७९, आइतबार

थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेश, एपीएफ र त्रिभुवन आर्मीले जित हासिल गरेका छन्।

आइतबार बिहान भएको खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १७–७ अंकले पराजित गरेको हो । प्रतियोगितामा गण्डकीकी स्मृति गुरूङले सर्वाधिक ७ अंक जोडेकी थिइन्।

यसैगरी, एपीएफले प्रदेश–१ लाई २१–५ र आर्मीले बागमती प्रदेशलाई १२–४ अकंको अन्तरमा पराजित गरेका थिए।