राष्ट्रिय खेलकुद: खो:खो:मा आर्मीको ‘फ्लोअन’ जित

जनसम्मत
असाेज ३०, २०७९, आइतबार

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत खो:खो: प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले विजय सुरुआत गरेको छ।

पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा आइतबार भएको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश १२–११ ले अंकले हराएको हो।

४ इनिङ्समा खेलाइने खेलमा आर्मीले लगातार ३ इनिङमा जित निकालेपछि फलोअन जित सुनिश्चित गरेको हो। प्रत्येक इनिङ ९ मिनेट खेलिने भएपनि अन्तिम इनिङ नखेलेर आर्मी विजेता घोषित भएको हो।

खो:खो: मा नेपाल आर्मी र नेपाल पुलिस क्बलसहित ९ टिम सहभागी छन् । राउन्ड रोबिनआधारमा खेलाइने प्रतियोगिताको फाइनल कात्तिक ३ गते हुनेछ।