सत्यमोहन जोशीको निधनमा भोलि सार्वजनिक विदा

जनसम्मत
असाेज ३१, २०७९, सोमबार

सरकारले भोलि (मंगलबार) सार्वजनिक विदा दिने तयारी दिएको छ।

आइतबार संस्कृतिविद सत्यमोहन जोशीको निधन भएको शोकमा सरकारले मंगलबार सार्वजनिक विदा दिएको हो।

गृह मन्त्रालयले आज (सोमबार) एक विज्ञप्ति जारी गरी १ कार्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।

शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो। उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा झुकाउने निर्णय भएको छ।