प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार नवीन सिग्देललाई

जनसम्मत
असाेज ३१, २०७९, सोमबार

प्रेस युनियन शान्ति पत्रकारिता पुरस्कार–२०७८ पत्रकार नवीन सिग्देललाई प्रदान गरिएको छ ।

पूर्णप्रसाद बराल तथा मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापित तथा नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित सो पुरस्कार छनोट समितिको सिफारिसअनुसार युनियनको सोमबार बसेको बैठकले अनुमोदन गरेको हो।

युनियन कास्कीका सल्लाहकार रविन्द्र बास्तोलाको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो। समितिका सदस्यमा पुरस्कार संस्थापक भोला बराल, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, युनियन कास्कीकी कार्यवाहक अध्यक्ष रविना आले र सचिव प्रदीप पौडेल छन्।

पुरस्कार राशी २५ हजार ५ सय २५ रुपैयाँ र सम्मानपत्र छ। सो पुरस्कार एक कार्यक्रमबीच वितरण गरिनेछ। ३ लाख रुपैयाँ अक्षयकोषबाट

प्रत्येक २ वर्षमा युुनियनले गण्डकी प्रदेशमा रहेर कम्तीमा १० वर्षदेखि पत्रकारितामा क्रियाशील पत्रकारलाई पुरस्कार वितरण गर्दै आएको छ।