निसिमको निधनमा प्रदेश खेलकुद गण्डकीद्वारा दु:ख व्यक्त

जनसम्मत
असाेज ३१, २०७९, सोमबार

प्याराग्लाइडिङ खेलाडी निसिम थापामगरको निधनमा प्रदेश खेलकुद परिषद गण्डकीले दु:ख व्यक्त गरेको छ।

नेपाल आर्मीका खेलाडी २६ वर्षिय निसिमको आइतबार प्रतिस्पर्धाका क्रममा निधन भएको थियो।

प्रदेश खेलकुदका उपाध्यक्ष धोजकुमार गुरुङ र कार्यवाहक सदस्य सचिव घनश्याम भुसालले संयूक्त प्रेस विज्ञप्ती जारी गर्दै राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धी प्याराग्लाइड्रि दुर्घटनामा परी निसिमकामे निधनप्रति प्रदेश खेलकुद मर्माहत एवं स्तव्ध भएको जनाइएको छ।
विज्ञप्तीमा भनिएको छ, ‘नेपाली सेनाको टिमबाट सहभागप् गोरखा पालुङटारनिवासी खेलाडी निसिम थापामगरको अकल्पनीय असमायिक उक्त घटनाबाट हामी ज्यादै दु:खी छौं।’

निधन भएका निसिम दिवंगत आत्माको चिर शान्तीको कामनाका साथै श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरिएको छ।