राष्ट्रिय खेलकुद: ब्याडमिन्टन टिम इभेन्टतर्फ त्रिभुवन आर्मी क्लबलाई २ स्वर्ण

जनसम्मत
असाेज ३१, २०७९, सोमबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टन टिम इभेन्टमा त्रिभुवन आर्मी क्लबले महिला र पुरुष दुवैतर्फ स्वर्ण हात पारेको छ।

आइतबार पोखरा रंगशालाको ब्याडमिन्टन कोर्टमा भएको फाइनल खेलमा महिला र पुरुषतर्फ आर्मीले २ स्वर्ण पदक हात पारेको हो।

महिला र पुरुष दुवैतर्फ त्रिभुवन आर्मी क्लबले एपीएफलाई हराउँदै स्वर्ण पदक हात पारेको हो। त्यस्तै,, महिला पुरुष दुवैतर्फ एपीएफले रजत पदक हात पारेको छ। पुरुषतर्फ एनआरएन, नेपाल पुलिस क्लबलेले कास्य प्राप्त गरेका छन्। महिलातर्फ कास्य प्राप्त गर्ने सुदूरपश्चिमाञ्चल प्रदेश र प्रदेश नम्बर १ छन्।

पहिलो दिनमा ब्याडमिन्टनको टिम इभेन्टतर्फ १४ खेल भए। महिला टिम इभेन्टतर्फ पहिलो चरणका खेलमा कर्णाली र बागमती, मधेस र एनआरएनए, नेपाल पुलिस क्लब र गण्डकी, त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले खेल्यो।

पहिलो चरणमा बागमतीलाई हराउँदै कर्णाली, मधेसलाई हराउँदै एनआरएनए, गण्डकीलाई हराउँदै नेपाल पुलिसले हराउँदै दोस्रो चरणमा पुग्न सफल बने। बाइ पाएका त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच भएको खेलमा आर्मी क्लब विजयी बन्दै सेमिफाइनल पुग्न सफल सफल बन्यो।

महिला टिम इभेन्टको दोस्रो चरणमा कर्णाली र सुदूरपश्चिम प्रदेशबीच खेल भएको थियो। दोस्रो चरणको दोस्रो खेलमा एनआरएनए र प्रदेश १, तेस्रो खेलमा नेपाल पुलिस र एपीएफबीच खेल भएको थियो। दोस्रो चरणबाट सुदूरपश्चिम, प्रदेश १ र एपीएफ सेमिफाइनलमा पुग्न पुगे।

पुरुष टिम इभेन्टको पहिलो चरणको पहिलो खेलमा कर्णाली र गण्डकी प्रदेश खेल्यो। त्यसमा जित निकाल्दै गण्डकी दोस्रो चरणमा पुग्यो।

पहिलो चरणकै अर्को खेलमा एनआरएनएले प्रदेश–१, लुम्बिनीले मधेस प्रदेशलाई हराउँदै दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गर्न सक्यो।

दोस्रो चरणमा गण्डकी नेपाल पुलिससँग स्तब्ध बन्दा सुदूरपश्चिमलाई हराउँदै एनआरएनए सेमिफाइनल पुग्न सक्यो। यस्तै, लुम्बिनीलाई हराउँदै एपीएफले पनि सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनायो। बाइ पाएका त्रिभुवन आर्मी र बागमती प्रदेशबीचको खेलमा बागमतीलाई हराउँदै त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश गर्न सफल बन्यो।