पोखरा महानगरले भोलि फेवाताल सरसफाई गर्दै

जनसम्मत
कार्तिक १, २०७९, मंगलवार

पोखरा महानगरपालिकाले भोलि (बुधबार) पनि फेवाताल सरसफाई गर्दैछ।

महानगरपालिकाले एक सूचना जारी गर्दै सञ्चालन गरिरहेको फेवाताल सरसफाइ महाअभियान अन्तरगत भोलि फेवाताल सरसफाइ गर्न लागेको जनाएको छ।

महानगरपालिकाले संपूर्ण आमा समूह, टोलविकास संस्था, सरकारी तथा गैरसरकारी संघसंस्था, सहकारी, बैंक तथा वित्तीय संस्थाहरू, पर्यटन सम्बद्ध संघसंस्था तथा व्यवसायीहरू, युवा क्लब, जिल्ला स्थित सामाजिक संघसंस्थाहरू, ३ वटै सुरक्षा निकाय (सेना, प्रहरी र सशस्त्र), वडा कार्यालय, जनप्रतिनिधि तथा कर्मचारीहरू, राजनीतिक दल, सञ्चारकर्मी मित्रहरूलगायत संपूर्ण सरोकारवालाहरूलाई पोखरा महानगरपालिकाले फेवाताल सरसफाइइका लागि आग्रह समेत गरेको छ।

महानगरले फेवातालको क्षेत्र र वडा समेत तोकेर सरसफाईमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको हो।

त्यसमध्ये वडा नं १ देखि ७ नं वडासम्मका लागि ड्यामसाइड क्षेत्र, वडा नं. ८ देखि १५ नं वडासम्मका लागि गौरीघाट क्षेत्र, वडा नं. १६ देखि २५ वडासम्मका लागि बाराही घाट क्षेत्र र वडा नं. २६ देखि ३३ नं वडासम्मका लागि स्विमिङपुल घाटको क्षेत्र तोकेको छ।

हेर्नुहोस, महानगरको सूचना