राष्ट्रिय खेलकुद: एपीएफ पुरुष फुटबलको सेमीफाइनलमा

जनसम्मत
कार्तिक १, २०७९, मंगलवार

सशस्त्र प्रहरी बलको एपीएफ क्लव पुरुष फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार दिउँसो भएको पुरुष फुटबल प्रतियोगिताको समूह (बी) को खेलमा एपीएफले वागमती प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको हो।

वागमती भने अभागी टोलि बन्दै प्रतियोगिताबाट बाहिरिएको छ। पोखराको लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको खेलमा वागमतीले सुरुवाती अग्रता जोगाउन सकेन। पहिलो हाफको ईञ्जुरी समयको पहिलो मिनेटमै अभिषेक रिजालले गोल गर्दै वागमतीलाई सुरुवाती अग्रता दिलाएका थिए।

तर, दोश्रो हाफ भने वागमतीको पक्षमा रहेन। खेलको ६५ औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई खेलमा फर्काए। त्यसको एक मिनेट पछि अर्थात ७६ औं मिनेटमा नवीन लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाए। लामाले दोश्रो हाफको ईञ्जुरी समयमा थप एक गोल गर्दै एपीएफको जित सुनिश्चित गरे।