राष्ट्रिय खेलकुद : महिला फुटबलमा एपीएफ विजयी

जनसम्मत
असाेज ३१, २०७९, सोमबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार वालिङको फुटबल मैदानमा भएको महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा एपीएफ क्लब विजयी भएको छ।

एपीएफले आयोजक गण्डकी प्रदेशलाई ५–० को गोल अन्तरले पराजित गर्र्दै जित निकालेकोे हो।

खेलको दोस्रो मिनेटमा एपीएफकी रञ्जना दर्जीले पेनाल्टीमार्फत पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्। खेलको छैठौ मिनेटमा अनिता केसीले आफ्नो टिमको लागि गोल संख्या थपिन्। खेलको ३७ औँ मिनेटमा सरु लिम्बुले तेस्रोे गोल गरिन्।

खेलकोे ८३ औँ मिनेटमा पुन: रञ्जना दर्जीले व्यातिmगत दोस्रो गोल गर्दै टिमको लागि चौथो गोल गरिन्। खेलको ८८ औँ मिनेटमा अनिता बस्नेतले पाँचौ गोल गरिन्।