राष्ट्रिय खेलकुद: महिला बास्केटलको सेमिफाइनल भोली

जनसम्मत
असाेज ३१, २०७९, सोमबार

तनहुँमा भएको महिला बास्केटबल प्रतियोगिताको सेमीफाइनल खेल भोलि (मंगलबार) हुने भएको छ।

लिग चरणमा खेलाइएको प्रतियोगितामा फुल कोर्ट र थ्री बाइ थ्री बाट ४/४ समुह छनोट भएका छन्।

फुलकोर्टतर्फ महिला बास्केटबलको पहिलो सेमीफाइनल खेल त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच हुनेछ भने दोस्रो सेमीफाइनल खेल बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ।

यसैगरी, थ्री बाइ थ्रीको पहिलो सेमीफाइनल खेल मंगलबार बिहान ८:३० बजे त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच हुनेछ भने दोस्रो सेमिफाइनल खेल मंगलबार बिहान ९ बजे एपीएफ र बागमती प्रदेशबीच हुनेछ।