राष्ट्रिय खेलकुद: टेबल टेनिसमा ४ पुलिसलाई, १ स्वर्ण एपीएफलाई

जनसम्मत
असाेज ३१, २०७९, सोमबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबारसम्म टेबलटेनिस प्रतियोगिताका ५ वटा इभेन्ट सम्पन्न भएका छन्।

जसमध्ये ४ वटा इभेन्टको स्वर्ण नेपाल प्रहरीले र एउटा इभेन्ट्सको स्वर्ण शसस्त्र प्रहरीको एपीएफले जित्न सफल भएको छ।

सोमबारसम्म सम्पन्न प्रतियोगिता अन्तर्गत पुरुष टिम, महिला टिम, पुुरुष डबल्स र मिक्स डबल्स गरी ४ वटा इभेन्टसका स्वर्ण पदक नेपाल प्रहरीले र महिला डबल्सको स्वर्ण पदक शसस्त्र प्रहरीको एपीएफले जितेको हो।

सोमबार बिहान सम्पन्न पुुरुष डबल्स इभेन्टमा नेपाल पुलिस क्लवले ३­१, ११–८, ११–५, ११–१३, ११–६ को ३–१ को सेटले शसस्त्र प्रहरीको एपीएफलाई हराउँदै स्वर्ण पदक हात पारेको हो।

यसैगरी, प्रतियोगितामा सहभागी ११ टिममध्ये शसस्त्र प्रहरीले २ रजत, नेपाल प्रहरी, नेपाली सेना र बागमती प्रदेशले १/१ रजत हात पारेका छन् भने कास्य पदकतर्फ बागमती प्रदेशले २, एनआरएनएले २, प्रदेश नं १ ले २, आर्मीले २, नेपाल पुलिलले १ र गण्डकी प्रदेशले १ कास्य पदक हात पार्न सफल भएका छन्।

स्वर्ण पदक जित्न सफल नेपाल प्रहरीको खेलाडीहरुमा पुुरुष टिम इभेन्टतर्फ सन्तोष श्रेष्ठ, विनेश खनियाँ, संयोग कपाली, विपुल महर्जन र प्रदीप रोका छन्। महिला टिम इभेन्टतर्फ नविता श्रेष्ठ, एलिना महर्जन, मन्जु सुवल, यशश्वी अवल, शुभाश्री श्रेष्ठ छन्। पुरुष डबल्सतर्फ सन्तु श्रेष्ठ र विनेश खनियाँ, मिक्स डबल्सतर्फ विनेश खनियाँ र एलिना महर्जन छन्। महिला डबल्स इभेन्टतर्फ शसस्त्र प्रहरीको एपीएफलाई स्वर्ण पदक दिलाउन सफल खेलाडीहरुमा सिक्का सुवाल र वियन्का राई छन्।