राष्ट्रिय खेलकुद: महिला हक्कीमा भोलि सेमिफाइनलका खेलहरु

जनसम्मत
कार्तिक १, २०७९, मंगलवार

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला हक्कीको सोमबार (आज) भएको खेलमा मधेश प्रदेशले बागमतीलाई प्रदेशलाई हराएको छ।

मधेश प्रदेशले २–० को गोल अन्तरले बागमती प्रदेशलाई हराएको हो। खेलको पहिलो क्वाटरमा सरिता पुलामीले मधेशका लागि गोल गरेकी थिइन्।

२७ औं मिनेटमा सरिताको गोलले मधेशलाई खेलमा अग्रता दिलाएको हो। खेलको तेस्रो क्वार्टरमा रोनी राईले मधेशका लागि पुन: १ गोल गरिन्। ४८ औं मिनेटमा रोनीको गोलले मधेशलाई २–० को जित दिलायो। योसँगै लिगको पहिलो चरण सकिएको छ।

यस्तै, खेलमा आर्मी, प्रदेश १, सुदूरपश्चिम र गण्डकी सेमिफाइनला पुगेका छन्। भोलि (मंगलबार) हुने पहिलो सेमिफाइनल खेल आर्मी र प्रदेश १ बीच हुँदैछ। यस्तै, सेमिफाइनलको दोस्रो खेलमा गण्डकी र सुदूरपश्चिम भिड्दैछन्। भोलि हुने खेलका विजेताले पर्सी उपाधिका लागि मैदानमा उत्रिनेछन्। प्रतियोगितामा ७ टिमको सहभागिता छ।