राष्ट्रिय खेलकुद: एपीएफ महिला क्रिकेटको फाइनलमा

जनसम्मत
असाेज ३१, २०७९, सोमबार

सशस्त्र प्रहरी बलको एपीएफ क्लब नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

सोमबार भएको पहिलो सेमिफाइलनमा लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो।

एपीएफले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेश १८.२ ओभरमा ६२ रनमा समेटियो। लुम्बिनीका कुनैपनि व्याट्स्म्यानहरुले दर्शनीय खेल प्रस्तुत गर्न सकेनन्। लुम्बिनीलाई सस्तैमा रोक्न एपीएफकी नेरी थापाले आफ्नों स्पेलमा ७ रन खर्चिएर ४ विकेट लिइन् भने इन्दु बर्माले १ विकेट आफ्नो नाममा लेखाइन्।

पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय २९ रनको योगफल तयार पारेको थियो। एपीएफका लागि ओपनर ज्योति पाण्डे ६९ र रोमा थापा १२ रनमा नटआउट रहिन्।

‘प्लेयर अफ द म्याच’ समेत रहेकी ज्योतीले ६१ बलमा ७ चौका प्रहार गरिन्। टिमका लागि ममता चौधरीले १६ तथा कप्तान सिता रानामगरले ११ जोडिन्। लुम्बिनीका कृतिका मरासिनीले २ तथा मनिषा रानाले १ विकेट लिए।