राष्ट्रिय खेलकुद: खो:खो: का समूह चरणका खेल जारी

जनसम्मत
असाेज ३१, २०७९, सोमबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत खो:खो: प्रतियोगिताका दोस्रो चरणका खेल सोमबार पनि जारी रह्यो।

पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा दोस्रो दिन भएको पहिलो खेलमा सुदूरपश्चिमले जित निकालेको छ।

दोस्रो दिनको पहिलो खेलमा सुदूरपश्चिमले विभागीय टोली नेपाल पुलिसलाई १८–४ को फराकिलो अंकका साथ जित निकालेको हो।

त्यस्तै, दोस्रो खेलमा लुम्बिनी प्रदेशले प्रदेश–१ माथि जित निकालेको छ। लुम्बिनीले १६–४ ले प्रदेश–१ माथि जित निकालेको हो।

आइतबार समय अभावका कारण रोकिएको १ खेल पनि सोमबार बिहान नै खेलाइएको छ। आइतबार साँझ ढिला भएका कारण बागमती प्रदेश र सुदूरपश्चिमबीचको महिला टोलीको खेल सोमबार सरेको थियो।