राष्ट्रिय खेलकुद: एथलेटिक्सको ट्रयाक इभेन्टमा आर्मीको वर्चस्व

जनसम्मत
असाेज ३१, २०७९, सोमबार

एथलेटिक्सको ट्रयाक इभेन्टमा त्रिभुवन आर्मी क्लबले वर्चस्व जमाएको छ।

पोखरा रंगशालामा सोमबार बिहान भएका ३ इभेन्टमध्ये २ वटामा आर्मीले स्वर्ण आफ्नो पोल्टामा पारेको छ।

११० मिटर हडल्स पुरुषमा आर्मीका जीवन चौधरीले स्वर्ण जिते। उनले निर्धारित दूरी १५.०३ सेकेन्डमा पार गरे। नेपाल पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डमा दूरी पार गर्दै रजत पदक जिते। आर्मीकै रामप्रसाद थारु १९ सेकेन्डमा दूरी पार गर्दै कास्य पदक जिते।

१०० मिटर हडल्स महिला आर्मीकी जयरानी थापाले स्वर्ण पदक जितिन्। उनले १ सय मिटर दुरी १५.६९ सेकेन्डमा पूरा गरिन् । रजत पदक आर्मीकी निर्मला थापाले १६.२५ सेकेन्डमा ूुरा गर्दै हात पारिन् । एपीएफकी भगीरती कुमारी थारुले १९.१३ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितिन्।

३ हजार मिटर स्टीबल चेष्टमा आर्मीका दुर्गबहादुर बुढाले कीर्तिमानसहित स्वर्ण जिते। उनले ८ मिनेट ५५.१९ सेकेन्डमा दूरी पार गरे। अजित यादवले ९ मिनेट २१.१० सेकेन्डमा पूरा गर्दै रजत पदक जिते। कास्य पदक त्रिभुवन आर्मीका सुवास कार्कीले जिते। उनले ९ मिनेट २२.१५ सेकेन्डमा पार गरे।