राष्ट्रिय खेलकुद: एथलेटिक्स ४ सय मिटरमा आर्मीका सोमबहादुरले कीर्तिमान ब्रेक गरे

जनसम्मत
कार्तिक १, २०७९, मंगलवार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्स ४ सय मिटर २ नयाँ कीर्तिमान कायम भएको छ ।

उक्त दौडमा विभागीय आर्मीका सोमबहादुर कुमालले राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

पोखरा रंगशालामा मंगलबार बिहान भएको ४ सय मिटर पुरुष महिला दौडमा २ कीर्तिमान ब्रेक गरेका हुन्।

पुरुषतर्फ आर्मीका सोमबहादुरले ४७.९५ सेकेन्डमा पार गर्दै कीर्तिमानसँगै स्वर्ण पदक जिते।

उनले सन् १९९० मा चीनको वेजिङमा भएको खेलमा आशाराम चौधरीले बनाएको रेकर्ड तोडेका हुन्। चौधरीले ४८.३२ सेकेन्डमा दूरी पार गर्दै कीर्तिमान कायम गरेका थिए।

सशस्त्र प्रहरी बल एपीएफका आशिष चौधरीले ४९.४० सेकेन्डमा पूरा गर्दै रजत पदक जिते। आर्मीका प्रकाश दनुवारले ४९.९० सेकेन्डमा दूरी पूरा गर्दै कास्य पदक जिते।