राष्ट्रिय खेलकुद: एथलेटिक्स ४ सय मिटर महिलामा रमिताकुमारीले कीर्तिमान ब्रेक गरिन्

जनसम्मत
कार्तिक १, २०७९, मंगलवार

एथलेटिक्स ४ सय मिटरमा महिलातर्फ विभागीय एपीएफकी रमिताकुमारीले एथलेटिक्स ४ सय मिटरमा रमिताकुमारी थारुले कीर्तिमान ब्रेक गरेकी छन्।

रमिताले ५८.१० सेकेन्डमा ४ सय मिटर दूरी पूरा गर्दै नयाँ कीर्तिमान कायम गरिन्। उनले २०१९ मा चीनमा भएको खेलमा तुलसा खत्रीले बनाएको रेकर्ड तोडेकी हुन्। तुलसाले ५९.५७ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी थिइन्।

आर्मीकी निर्मला थापाले रजत र एपीएफकी कल्पना श्रेष्ठले कास्य पदक जित्न सफल भए। थापाले १ मिनेट ०.१४ सेकेन्ड र श्रेष्ठले १ मिनेट ०.७० सेकेन्डमा दूरी पूरा गर्दै पदक जिते।