राष्ट्रिय खेलकुद: म्याराथनमा गण्डकीका अनिशले जिते स्वर्ण

जनसम्मत
कार्तिक १, २०७९, मंगलवार

एथलेटिक्स म्याराथन दौडमा गण्डकी प्रदेशका खेलाडी अनिश थापामगरले स्वर्ण पदक जितेका छन्।

अनिशले म्याराथन ४२.१९५ किलोमिटर २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन्। म्याराथन प्रतियोगितामा १८ जना सहभागी थिए।

त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले रजत पदक जिते। उनले २ घन्टा २३ मिनेट १४ सेकेन्डमा दूरी पूरा गरे। सशस्त्र प्रहरी बल एपीएफका सन्तोषविक्रम विष्टले २ घन्टा ३० मिनेट ५४ ले दूरी पूरा गर्दै कास्य पदक जिते।

राष्ट्रिय खेलकुदको इतिहासमा म्याराथनमा गण्डकीले स्वर्ण पदक जितेको पहिलो यो रेकर्ड हो।