राष्ट्रिय खेलकुद: इन्डिभिज्युल टाइम ट्रयाल महिला साइक्लिङमा आर्मीकी उषालाई स्वर्ण

जनसम्मत
कार्तिक १, २०७९, मंगलवार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आज (मंगलबार) भएको साइक्लिङको इन्डिभिज्युल टाइम ट्रयाल विधामा महिलातर्फ नेपाल आर्मीले स्वर्ण पदक जितेको छ।

पोखराको याम्दी–हेम्जा सडकखण्डमा भएको महिला इन्डिभिज्युल टाइम ट्रयाल विधातर्फको फाइनल खेलमा २० किलोमिटरको दूरी ३८ मिनेट ३१ सेकेण्ड ४१० मिलिसेकेण्डमा पूरा गर्दै नेपाल आर्मीकी उषा खनालले स्वर्ण पदक जितेकी छिन्।

त्यस्तै, उक्त दूरी ४२ मिनेट २० सेकेण्ड ८८६ मिलिसेकेण्डमा पूरा गर्दै एपीएफकी हुमी बुढामगरले रजत पदक जितेकी छिन्। त्यसैगरि, ४२ मिनेट ५५ सेकेण्ड ९६२ मिलिसेकेण्डमा दूरी पूरा गर्दै नेपाल आर्मीकै मञ्जुकुमारी खड्काले कास्य जित्न सफल भइन्।