राष्ट्रिय खेलकुद: इन्डिभिज्युल टाइम ट्रयाल पुरुष साइक्लिङमा एपीएफका सुरजलाई स्वर्ण

जनसम्मत
कार्तिक १, २०७९, मंगलवार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आज (मंगलबार) भएको साइक्लिङको पुरुषतर्फको इन्डिभिज्युल टाइम ट्रयाल साइक्लिङमा एपीएफले स्वर्ण जितेको छ।

२० किलोमिटरको दूरी ३४ मिनेट ०४ सेकेण्ड ३०९ मिलि सेकेण्डमा पूरा गर्दै एपीएफका सुरज रानामगरले स्वर्ण पदक जितेका हुन्।

उक्त स्पर्धामा नेपाल आर्मीले रजत पदक जित्न सफल भएको छ। नेपाल आर्मीका हिमाल टमाटाले उक्त दूरी ३६ मिनेट ४५ सेकेण्ड ४१९ मिलि सेकेण्डमा पूरा गर्दै रजत पदक जिते।

त्यसैगरि ३६ मिनेट ५० सेकेण्ड ४४६ मिलि सेकेण्डमा दूरी पूरा गर्दै एपीएफकै लक्ष्मण मल्लले कास्य पदक जितेका छन्।

७ प्रदेश र ३ विभागिय गरी १० टिमबाट प्रतिस्पर्धा गरेको साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री र इन्डिभिज्युल टाइम ट्रयाल विधा सकिएको छ। अव, भोली (बुधबार) रोड रेस मास स्टार्ट विधा पोखराको हेमजामा हुनेछ। साइक्लिङमा विभिन्न ४ विधामा पुरुष र महिला गरि ८/८ स्वर्ण, रजत र कास्यका लागि प्रतिस्पर्धा गरिरहेका छन्।