राष्ट्रिय खेलकुद: पुरुष सफ्ट टेनिसमा प्रहरीलाई १ स्वर्ण

जनसम्मत
कार्तिक १, २०७९, मंगलवार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत सफ्ट टेनिस प्रतियोगितामा पुरुषर्फ विभागीय पुलिसले १ स्वर्ण पदक जितेको छ।

पोखरामा जारी प्रतियोगितामा मंगलबार भएको सफ्ट टेनिसको डबल्सतर्फका खेलमा नेपाल पुलिसलाई नरबहादुर लुंगेली र कमल भण्डारीको जोडीले स्वर्ण पदक दिलाएका हुन्।

लुंगेली र भण्डारीको जोडीले प्रदेश–१ का युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५–३ को सेटले पराजित गर्दै स्वर्ण जितेका हुन्। प्रदेश–१ लाई योञ्जन र बोहराले रजत पदक दिलाए।

बागमती प्रदेशका प्रदीप खत्री र बृजेश पाण्डेको जोडी र गण्डकी प्रदेशका शक्ति शर्मा र धर्मबहादुर लामिछानेको जोडीले कास्य पदक जिते।