राष्ट्रिय खेलकुद: महिला सफ्ट टेनिसमा एपीएफलाई १ स्वर्ण

जनसम्मत
कार्तिक १, २०७९, मंगलवार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत सफ्ट टेनिस प्रतियोगितामा महिलार्फ विभागीय सशस्त्र प्रहरी बलको एपीएफले १ स्वर्ण पदक जितेको छ।

महिलातर्फको डबल्स स्पर्धामा एपीएफले स्वर्ण पदक जितेको हो।

एपीएफका भगवती बिक र समृद्धि महर्जनको जोडीले एपीएफलाई स्वर्ण पदक दिलाएका हुन्।

उक्त जोडीले लुम्बिनी प्रदेशका ऋतिका चौधरी र विमला पन्थीको जोडीलाई ५–० को सोझो सेटले पराजित गर्दै स्वर्ण पदक दिलाए। पराजित लुम्बिनी प्रदेशलाई ऋतिका र विमलाले रजत पदक दिलाए।

सो स्पर्धामा प्रदेश–१ की श्रेया योञ्जन र श्रेया राईको जोडी तथा नेपाल प्रहरीका विष्णा भण्डारी र सिसम चन्दको जोडीले कास्य पदक प्राप्त गरे।