राष्ट्रिय खेलकुद: पदक तालिकामा आर्मीको फराकिलो अग्रता

८३ स्वर्ण, ५४ रजत र ३७ कास्य पदकसहित कुल १७४ पदक हात पार्दै आर्मी अग्रस्थानमा छ

जनसम्मत
कार्तिक १, २०७९, मंगलवार

गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ।

हालसम्म ६ सय ४३ पदकको छिनोफानो हुँदा आर्मीले ८३ स्वर्ण, ५४ रजत र ३७ कास्य पदकसहित कुल १७४ पदक हात पार्दै अग्रस्थानमा छ।

दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब रहेको छ। पुलिसले ३४ स्वर्ण, २७ रजत र ३८ कास्यपदकसहित ९९ पदक जित्दै दोस्रो स्थानमा छ।

अर्को विभागीय टिम एपीएफले २९ स्वर्ण, ३३ रजत र ४८ कास्य पदकसहित कुल ११० पदक जित्दै तेस्रो स्थानमा छ।

यसैगरी, बागमती प्रदेशले १५ स्वर्ण, २६ रजत र ३० कास्यसहित कुल ७१ पदक जित्दै चौथो स्थान ओगटेको छ।

त्यस्तै, घरेलु गण्डकी प्रदेशले १२ स्वर्ण, १४ रजत र ३० कास्य पदकसहित ५६ पदकसहित पाँचौं स्थानमा छ।

सुदुरपश्चिम प्रदेशले ७ स्वर्ण, ४ रजत, १९ कास्यसहित ३० पदकसहित छैटौं स्थानमा छ। गैरआवासीय नेपालीको टिम एनआरएनएले ६ स्वर्ण, ७ रजत र ४ कास्य गरी १७ पदकसहित सातौं स्थानमा छ।

मधेश प्रदेशले ५ स्वर्ण, ६ रजत र १७ कास्य पदकसहित २८ पदक जित्दै आठौं स्थानमा छ।

प्रदेश–१ ले ३ स्वर्ण १५ रजत र ३१ कास्यसहित ४९ पदक जित्दै नवौं स्थानमा छ।

त्यसैगरी, लुम्बिनी प्रदेशले ३ स्वर्ण, १२ रजत र १८ कास्यसहित ३३ पदक जित्दै दशौं स्थानमा छ।

कर्णाली प्रदेशले १ स्वर्ण, १ रजत, ४ कास्य पदकसहित ६ पदक जित्दै पदक तालिकाको अन्तिममा छ। प्रतियोगिताअन्तरगतका खेलहरु जारी छन्।