राष्ट्रिय खेलकुद: नेपाली सेनाका नासिर याह्या हुसेनले आफ्नै २ राष्ट्रिय कीर्तिमान तोडे

पहिलो दिन पनि १ राष्ट्रिय कीर्तिमान कायम गरेका नासिरले दोश्रो दिन नासिरले २०० मिटर फ्रिस्टायल र २०० मिटर ब्यक्तिगत मिड्लेमा गरी २ कीर्तिमान तोडेका हुन्

जनसम्मत
असाेज ३०, २०७९, आइतबार

राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपाली सेनाका नासिर याह्या हुसेनले २ राष्ट्रिय कीर्तिमान तोडेका छन्।

पहिलो दिन पनि १ राष्ट्रिय कीर्तिमान कायम गरेका नासिरले दोश्रो दिन नासिरले २०० मिटर फ्रिस्टायल र २०० मिटर ब्यक्तिगत मिड्लेमा गरी २ कीर्तिमान तोडेका हुन्।

नासिरले २०० मिटर फ्रिमा आफ्नै नाममा रहेको १ मिनट ५८:३० सेकेन्डको समयमा सुधार गर्दै १ मिनट ५५:३९ सेकेन्डको र ब्यक्तिगत मिड्लेमा २ मिनट ११:८५ सेकेन्डको समयमा सुधार गर्दै २ मिनट ११:२३ सेकेन्ड समयका साथ २ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भए हुन्।

यसअघि नासिरले दुवै कीर्तिमान दोहामा आयोजना भएको १५ औं विश्व फिना च्याम्पियनसीपमा कायम गरेका थिए। २०० मिटर फ्रिस्टायलमा सेनाका अलेक्जेण्डर शाहले रजत र बागमतीका इरभिन श्रेष्ठले कास्य पदक जिते।

यस्तै ब्यक्तिगत मिड्लेतर्फ एनआरएनका आशिष सापकोटाले रजत र बागमतीका सेरेन सिंहले कास्य जिते।