राष्ट्रिय खेलकुद: नेपाली सेनाका डुवानाले राष्ट्रिय कीर्तिमान तोडिन्

जनसम्मत
असाेज ३०, २०७९, आइतबार

राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपाली सेनाकी डुवानाद्वारा दोश्रो दिन पनि राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्।

डुवानाले ५० मिटर ब्रेष्ट स्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्।

फिसटेल एकेडेमीमा भएको प्रतियोगितामा डुवानाले ५० मिटर ब्रेष्टस्ट्रोकमा १३ औं सागमा कीर्तमान राखेको आफ्नै ३५:४६ सेकेन्डको समयमा सुधार गर्दै ३५:२३ सेकेन्ड समयको नयाँ कीर्तिमान कायम गरेकी हुन्। उक्त स्पर्धामा एपीएफकी रोयल प्रजापतीले रजत र सेनाकी उपास्ती महर्जनले कास्य पाए।