राष्ट्रिय खेलकुद: महिलाको ८०० मिटर फ्रिस्टायल पौडीमा एश्लेले जितिन् स्वर्ण

जनसम्मत
कार्तिक १, २०७९, मंगलवार

राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिलाको ८०० मिटर फ्रिस्टायल पौडीमा एनआरएनएकी एश्लेले जितिन् स्वर्ण पदक जितेकी छिन्।

महिलाको ८०० मिटर फ्रिस्टायल तर्फ भएको प्रतिस्पर्धामा एनआरएनका एश्ले सापकोटा डंगोलले १० मिनेट ३०:६४ सेकेन्ड समयका साथ

स्वर्ण पदक जित्न सफल भइन्। उक्त स्पर्धामा पुलिसका आर्या महर्जनले रजत र समिरा शोभा थापामगरले कास्य जिते।