राष्ट्रिय खेलकुद: महिला ५००० मिटर दौडमा सन्तोषीलाई स्वर्ण

जनसम्मत
कार्तिक २, २०७९, बुधबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्स महिला ५००० मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन्।

उनले पोखरा रंगशालामा बुधबार बिहान निर्धारित दूरी १७ मिनेट ०५.२९ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन्।

पुलिसकी राजपुरा पछाइले १७ मिनेट १२.०५ सेकेन्डमा पूरा गर्दै रजत पदक जितिन्। आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १८ मिनेट ०३ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै कास्य पदक जितिन्। सन्तोषीले १० हजार मिटरमा पनि स्वर्ण जितेकी थिइन्।