राष्ट्रिय खेलकुद: जुडोमा आर्मीलाई ४ स्वर्ण

जनसम्मत
कार्तिक २, २०७९, बुधबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल आर्मीका खेलाडीले जुडोमा ४ स्वर्ण पदक जितेका छन्।

प्रतियोगिताअन्तर्गत ७ इभेन्टमा खेल सम्पन्न भएकोमा आर्मीका खेलाडीले ४ स्वर्ण पदक जितेका हुन्।

पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा भएको खेलमा ४ स्वर्ण जित्दै आर्मी शीर्षस्थानमा छ। आर्मीले ३/३ रजत र कास्य पदक पनि जितेको छ।

पुलिसका खेलाडीले आर्मीलाई पछ्याउदै ३ स्वर्ण पदक प्राप्त गरेका छन्। पुलिसले १ रजत र ५ कास्य पदक जित्यो।
बागमतीले प्रदेशले १ रजत र ३ कास्य पदक जित्यो। लुम्बिनी र एपीएफले १/१ रजत जितेका छन्। मधेश प्रदेश, कर्णाली प्रदेश र एनआरएनले १/१ कास्य जितेका छन्।

आर्मीका अनिल बलामीले ७३ केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन्। महिलातर्फ ४८ केजीमुनि तौल समूहमा सुमित्रा राई, ५२ केजीमुनि तौल समूहमा देविकामाया श्रेष्ठ, ६३ केजीमुनि तौल समूहमा लिला अधिकारीले आर्मीका लागि स्वर्ण दिलाए।

पुलिसका लागि पुरुषतर्फ ६० केजीमुनि तौल समूहमा उमेश मगर, ६६ केजीमुनि तौल समूहमा इन्द्रबहादुर श्रेष्ठले स्वर्ण दिलाएका हुन्। यस्तै, महिलातर्फको ५७ केजीमुनि तौल समूहमा पुलिसकी मनिता श्रेष्ठ प्रधानले स्वर्ण हात जितेकी हुन्।

गण्डकीले घरेलु मैदानमा भएको जुडोमा खाता खोल्न सकेन। सुदूरपश्चिम र प्रदेश–१ पनि पदकविहिन छन्।

पुरुषतर्फ ८१, ९०, १०० केजीमुनि र १०० केजीमाथि उमेर समूहमा पदकको छिनोफानो हुन बाँकी छ। ७०, ७८ केजीमुनि र ७८ केजीमाथि उमेर समूहमा महिला खेलाडीले पदकको लागि भिड्नेछन्। यस्तै, मिक्स टिम इभेन्टमा पनि खेलहरु हुनेछन्।