राष्ट्रिय खेलकुद: डब्ल्यूटीएफ तेक्वान्दोमा पुलिस च्याम्पियन

जनसम्मत
कार्तिक २, २०७९, बुधबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत डब्ल्यूटीएफ तेक्वान्दो खेलमा विभागीय टिम नेपाल पुलिस क्लव च्याम्पियन बनेको छ।

म्याग्दीको बेनीमा सम्पन्न डब्ल्यूटीएफ तेक्वान्दो खेलमा ११ स्वर्ण, ४ रजत र १ कास्य पदकसहित प्रहरी च्याम्पियन बनेको हो।

त्यस्तै, ७ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको आर्मी दोस्रो र ३ स्वर्ण, २ रजत र ९ कास्य पदक जितेको एपीएफ पदक तालिकाको तेस्रो र मधेश १ स्वर्ण, २ रजत र ५ कास्यसहित चौथो स्थानमा रह्यो।

खेलमा प्रदेश–१ ले ८ रजत, २ कास्य, बागमतीले १ रजत र ३ कास्य, गण्डकीले ७ कास्य, लुम्बीनीले २ रजत र ४ कास्य, कर्णालीले ३ कास्य, सुदूरपश्चिम र एनआरएनएले १/१ रजत पदक जितेका छन्।

तेक्कान्दो प्रतियोगिताअन्तर्गत महिला ४९ केजी समूहमा एपीएफकी गिता विष्टले स्वर्ण, पुलिसकी अञ्जली तामाङले रजत, मधेशका मनिषा वाइवा र लुम्बीनीकी रतिका शाहीले कास्य पदक जिते।

महिला ६२ केजीमा पुलिसकी सुस्मिता मोक्तानले स्वर्ण, आर्मीकी रेश्मा थापाले रजत, कर्णालीका वेविका वस्नेत र प्रदेश–१ का प्रज्ञा परियारले कास्य पदक जिते।

पुरुष ६३ केजीमा पुलिसका गोविन्दबहादुर आलेले स्वर्ण, सेनाका राहुल कुमालले रजत, मधेशका विक्रान्त ढुंगेल र एपीएफका रञ्जित साउदले कास्य पदक जिते।

पुरुष ६८ केजी तौल समुहमा आर्मीका सगुन श्रेष्ठले स्वर्ण, बागमतीका सागर तामाङले रजत, लुम्बीनीका नविन चौधरी र एपीएफका मोहम्मद रितिकले कास्य पदक जिते।

पुरुष ८७ केजी तौल समूहमा पुलिसका कवी अधिकारीले स्वर्ण, मधेशका अमितकुमार सिंहले रजत, एपीएफका निरज देउवा र कर्णालीका सोहन राउतले कास्य पदक जिते।

महिला ४६ केजीतर्फ नेपाली सेनाकी काजल श्रेष्ठ, महिला ६७ केजीमा प्रहरीकी इन्दिरा वस्नेत, महिला ७३ केजीमा सेनाकी नम्रता तुलाधर, पुरुष ८७ केजी भन्दा माथिको तौल समूहमा एपीएफका भिमबहादुर खड्का, महिला ७३ केजी भन्दा माथि तौल समूहमा एपीएफकी सुस्मिता गुरुङले स्वर्ण पदक जिते।

त्यसैगरी, पुरुष ८० केजीमा प्रहरीका अभिषेक बरालले स्वर्ण पदक जिते।

महिला ४६ केजीमा सुदरपश्चिमकी झरनानाथले रजत, एपीएफकी बर्षा थापा र बागमतीकी रोशनी श्रेष्ठले कास्य, महिला ६७ केजीमा सेनाकी ग्यानी चुदाँराले रजत, प्रदेश–१ की सविना माझी र एपीएफका सोरन गुरुङले कास्य र महिला ७६ केजीमा एनआरएनएकी सुमित्रा खत्रीले
रजत, लुम्बिनीका सुष्टि सुर्तुङ्गामगर र एपीएफकी रेजिना पार्कीले कास्य पदक जिते।

पुरुष ८७ केजीभन्दा माथिको तौल समूहमा प्रहरीका आसुतोष बरालले रजत, गण्डकीका निरजबहादुर नेपाली र मधेशका विकास तामाङले कास्य, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा आर्मीकी प्रतिज्ञा भण्डारीले रजत, कर्णालीकी इला केसी र मधेशकी प्रवली बस्नेतले
कास्य पदक जितेका छन्।

पुरुष ८० केजी तौल समूहमा सेनाका जक्की यादवले रजत, एपीएफका जनकबहादुर जोशी र मधेशका पवनकुमार श्रेष्ठले कास्य पदक जिते। महिला ७ केजी तौल समूहमा नेपाली सेनाका सन्ध्याकुमारी सिंहले स्वर्ण, लुम्बीनीकी सिर्जना विष्टले रजत, गण्डकीकी सोविता थापा र पदेश–१ का समिक्षा लिम्बुले कास्य पदक जितेका छन्।

७४ केजी पुरुषतर्फ एपीएफका उमेशराज भण्डारीले रजत, बागमतीका दानबहादुर तामाङ र गण्डकीका शंकर पौडेलले कास्य पदक जिते।
५४ केजी पुरुषतर्फ मधेशका अफ्ताब आलमले रजत, प्रदेश–१ का शिव खड्का र सेनाका अम्बिकाप्रसाद घिमिरेले कास्य पदक जितेका छन्।

प्रहरीका निशा दर्नाल महिला र कमल श्रेष्ठले एकल पुम्सेमा स्वर्ण पदक दिलाए।

महिलातर्फ नेपाली सेनाकी स्वतिका तामाङ रजत, प्रदेश–१ की सुशीला राई र गण्डकीकी अर्पण अधिकारीले कास्य पदक जितेका छन्।

पुम्से एकल पुरुषमा लुम्बीनीका युवराज रानाले रजत, गण्डकीका आयुष गुरुङ र प्रदेश–१ का विवेक राईले रजत पदक जिते।

पुम्से पियरमा प्रहरीका निशा दर्नाल र अस्मिन राउतले स्वर्ण, सेनाका दीपेन्द्र गुरुङ र प्रशन्ना क्षत्रीले रजत, गण्डकीका आयुश गुरुङ र अर्पणा अधिकारी तथा प्रदेश–१ का विवेक राई र सुविक्षा राईले कास्य पदक जिते।

पुरुषको टिम पुम्सेमा पुलिसका प्रेमबहादुर लिम्बु, जितबहादुर बोगटी र कमल श्रेष्ठले स्वर्ण, सेनाका दिपेन्द्र गुरुङ, राजन रिमाल, रामकुमार पोखरेलले रजत, गण्डकीका टार्जन कायतमगर, तिलक सिउथानीमगर र युकेश थापामगर तथा एपीएफका सिर्जन श्रेष्ठ, नोर्वु मोक्तान र योवन
दाहालले कास्य पदक जिते।

टिम पुम्से महिलामा सेनाका स्वस्तिका तामाङ, निता गुरुङ, प्रशन्ना क्षत्रीले स्वर्ण, पुलिसका निशा दर्नाल, सिता तामाङ, मोनिका रम्तेलले रजत, एपीएफकी मोनिका मगर, स्मृति नेपाली र चन्दा शाही तथा प्रदेश–१ की मनिषा विश्वकर्मा, शान्ति राई र शुशिला राईले कास्य पदक जिते।

गेरोगीतर्फ महिला ५३ केजी तौल समूहमा सेनाकी गीता कडायतले स्वर्ण, एपीएफकी अस्मिता खड्काले रजत, नेपाल प्रहरीका आयुष लामा र लुम्बिनीका निमा मल्लले कास्य पदक जिते।

पुरुष ५८ केजी तौल समूहमा मधेशका सोव अख्तरले स्वर्ण, प्रहरीका सुवासचन्द्र बोहोराले रजत, सेनाका लोकबहादुर राउत र बागमतीका रमेश केसीले कास्य पदक जिते।