राष्ट्रिय खेलकुद: आइटीएफ तेक्वान्दोमा आर्मीलाई ११ स्वर्ण

जनसम्मत
कार्तिक २, २०७९, बुधबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइटीएफ तेक्वान्दो प्रतियोगितामा ७४ पदकको टुंगो लागेको छ।

प्रतियोगिता अन्तर्गत बागलुङमा भएको खेलमा २५ स्वर्ण, २५ रजत र २४ कास्य पदकको छिनोफानो भएको हो।

प्रतियोगितामा ११ स्वर्ण, ७ रजत र २ कास्यसहित विभागीय टिम आर्मी सबैभन्दा अगाडि छ।

प्रतियोगितामा दोस्रो स्थान बनाउँदै गण्डकी प्रदेशले ५ स्वर्ण, ५ रजत र १ कास्य पदक
जितेको छ।

५ स्वर्ण, २ रजत र २ काँस्य पदक लिएर बागमती प्रदेश तेस्रो स्थानमा छ।

लुम्बिनी प्रदेशले १ स्वर्ण, ४ रजत र ८ कास्य पदक जित्दै चौथो स्थान बनाएको छ।

प्रदेश–१ ले २ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै पाँचौ स्थानमा छ।

विभागीय टिम एपीएफले पदक तालिकामा १ स्वर्ण, २ रजत र ३ कास्य पदकसहित छैटौं स्थानमा उभ्याएको छ।

कर्णाली प्रदेशले २ रजत र २ कास्य जित्दा विभागीय टिम नेपाल पुलिसले ३ कास्य पदक हात पारेको छ। मधेश र सुदुरपश्चिम प्रदेशले अहिलेसम्म कुनैपनि पदक जित्न सकेको छैन।

पछिल्लो खेलमा नेपाल आर्मीले ४ गण्डकीले २, प्रदेश–१ ले २, सशस्त्र प्रहरी बलको एपीएफले र लुम्बिनी प्रदेशले १/१ स्वर्ण जितेका छन्।