नवौँ राष्ट्रिय खेलकुद: एथलेटिक्स पुरुष ८०० मिटर दौडमा सोमबहादुर र फूलमतीलाई स्वर्ण

जनसम्मत
कार्तिक २, २०७९, बुधबार

एथलेटिक्स ८०० मिटर दौडमा पुरुषतर्फ विभागीय आर्मीका सोमबहादुर कुमाल र महिलातर्फ पनि विभागीय एपीएफकी फूलमति रानाले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा बुधबार बिहान भएको दौडमा पुरुषतर्फ निर्धारित दूरी १ मिनेट ५४.०८ सेकेन्डमा पूरा गर्दै आर्मीका सोमले स्वर्ण जितेका    हुन्।

उक्त स्पर्धामा पुलिसका तेजबहादुर कार्कीले रजत र आर्मीकै सुनिल सुनारले कास्य पदक जिते। कार्कीले १ मिनेट ५५.२१ सेकेन्ड र सुनारले १ मिनेट ५५.५२ सेकेन्डमा निर्धारित दूरी पूरा गरे।

महिलातर्फ एपीएफकी फूलमतिले निधारित दूरी २ मिनेट २७.३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन्।

उक्त स्पर्धामा आर्मीकी सरस्वती भट्टराईले २ मिनेट २७.५० सेकेन्डमा पूरा गर्दै रजत र आर्मीकै रेखा लिम्बुले २ मिनेट ३०.४८ सेकेन्डमा पूरा गर्दै कास्य पदक जिते।