राष्ट्रिय खेलकुद: प्रदेश–१ लाई सफ्ट टेनिस मिक्स डबल्समा स्वर्ण

जनसम्मत
कार्तिक २, २०७९, बुधबार

प्रदेश–१ ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सफ्ट टेनिस मिक्स डबल्समा स्वर्ण जितेको छ।

पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार सम्पन्न सफ्ट टेनिस प्रतियोगितामा प्रदेश–१ ले स्वर्ण पदक जितेको हो।

प्रतियोगितामा प्रदेश–१ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले ५–२ को सेटमा बागमती प्रदेशका प्रदीप खत्री र जर्जिया चौधरीको जोडीलाई पछि पार्दै स्वर्ण जितेको हो।

प्रतियोगितामा बागमतीले रजत जित्यो। नेपाल पुलिसका कमल भण्डारी र विष्णा भण्डारी साथै एपीएफका हरकसिंह धामी र भगवती विकले कास्य पदक जिते।

यसअघि, मंगलबार सफ्ट टेनिस डबल्सतर्फको २ स्वर्ण विभागीय टोली नेपाल प्रहरी र एपीएफले बाँडेका थिए।

पुरुषतर्फ पुलिसका नरबहादुर लुङगेली र कमल भण्डारीको जोडीले, महिलातर्फ एपीएफका भगवती बि.क.र समृद्धि महर्जनको जोडीले स्वर्ण दिलाएका थिए।