राष्ट्रिय खेलकुद: ज्याभ्लिन थ्रोमा आर्मीका रोहितलाई स्वर्ण

जनसम्मत
कार्तिक २, २०७९, बुधबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष ज्याभ्लिन थ्रोमा त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले स्वर्ण पदक जितेको छन्।

उनले बुधबार बिहान पोखरा रंगशालामा ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन्।

एपीएफका रमेश पोख्रेलले रजत र मनोज डगौंराले कास्य पदक जिते।

पोख्रेलले ५५.४३ र डगौंराले ५३.३९ मिटर थ्रो गरे।