राष्ट्रिय खेलकुद: आर्मीलाई पुरुष ४०० मिटर हडल्समा स्वर्ण

जनसम्मत
कार्तिक २, २०७९, बुधबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मीका रामप्रसाद थारुले एथलेटिक्स पुरुष ४०० मिटर हडल्समा स्वर्ण पदक जितेका छन्।

थारुले ४ सय मिटर ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जिते।

आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्डमा पूरा गर्दै रजत पदक जिते।

एपीएफका तिरप्रताप महतोले ५३.९२ सेकेन्डमा पार गर्दै कास्य पदक जिते।