राष्ट्रिय खेलकुद: गण्डकीलाई टेनिस मेन्स डवल्समा स्वर्ण

जनसम्मत
कार्तिक २, २०७९, बुधबार

गण्डकीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेनिस मेन्स डवल्समा स्वर्ण पदक जितेको छ।

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले स्वर्ण पदक हात पारेको हो।

निकै प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय टोली आर्मीका प्रनभ खनाल र अकि जुवेन रावतको जोडीलाई फाइनलमा पराजित गरेको हो।

सुपरटाइमा निर्धारण भएको नतिजामा पहिलो सेट गण्डकीको टिमले ७–५ ले जिते पनि दोस्रो सेट भने ४–६ ले गुमाउन पुग्यो। सुपरटाइमा गण्डकीले १०–८ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक जित्न सफल बन्यो। यसअघि टिम इभेन्टमा गण्डकीले १ स्वर्ण जितिसकेको छ।