राष्ट्रिय खेलकुद: पुलिसकी चन्द्रकलाले राखिन् महिला ज्याभ्लिन थ्रोमा राष्ट्रिय कीर्तिमान

जनसम्मत
कार्तिक २, २०७९, बुधबार

पुलिसकी चन्द्रकला लाम्गादेले एथलेटिक्स महिला ज्याभ्लिन थ्रोमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्।

उनले बुधबार ४७.६० मिटर मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन्।

यसअघि यो कीर्तिमान आर्मीकी लक्ष्मी थारुको नाममा थियो। आठौं राष्ट्रिय खेलकुदमा उनले ४५.२७ मिटर थ्रो गर्दै कीर्तिमान बनाएकी थिइन्।

सोही इभेन्टमा आर्मीकी लक्ष्मी थारुले ४५.५६ मिटर थ्रो गर्दै रजत पदक जितिन्। एपीएफकी सीमाकुमारी थारुले ४५.२० मिटर थ्रो गर्दै कास्य पदक जितिन्।