राष्ट्रिय खेलकुद: आज अन्तिम दिन, प्रधानमन्त्री देउवाद्धारा समापन

जनसम्मत
कार्तिक ३, २०७९, बिहीवार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आज (बिहीबार) अन्तिम दिन।

एक समारोहबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिताको समापन कार्यक्रम गर्दैछन्।

प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्काअनुसार बिहीबार दिउँसो २:३० बजेपछि पोखरा रंगशालामा गरिने समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएको छ। यसअघि, गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए।

समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, गीत संगीत तथा नृत्यलगायतका कार्यक्रम आयोजना गरिने राष्ट्रिय खेलकुद प्रचार–प्रसार उपसमितिले जनाएको छ। १० औँ राष्ट्रिय खेलकुद आयोजना हुने प्रदेशसमेत समारोहमा घोषणा गरिने र सो प्रदेशलाई झण्डा हस्तान्तरण हुनेछ।

प्रतियोगिता समापनअघि पोखरा रंगशालामा पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल हुनेछ। विभागीय नेपाली सेना र अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफका बीच फुटबलको स्वर्ण पदकका लागि खेल हुनेछ। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको कास्कीसहित ८ जिल्लामा ३६ प्रतिस्पर्धात्मक र २ प्रदर्शनी गरी ३८ खेल संचालन भएका छन्। केही खेलको फाइनल सकिएको छ भने बाँकीको आज सकिदैंछ।