पोखरामा आज गठबन्धनको संयुक्त कार्यकर्ता भेला

जनसम्मत
कार्तिक ४, २०७९, शुक्रबार

पोखरामा आज (शुक्रबार) सत्ता गठबन्धनको संयुक्त कार्यकर्ता भेला हुँदैछ।

भेलामा गठबन्धन दलका नेताहरुले कार्यकर्ताहरुलाई प्रशिक्षण दिने भएको छ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपालले प्रशिक्षण दिने कार्यक्रम तयार भएको काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले बताएका छन्।

पोखरा सभागृहको हलमा शुक्रबार ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिनेछ कार्यक्रम रहेको शर्माले बताए। बिहीबार नै शीर्ष नेताहरु पोखरा आउने कार्यक्रम थियो। प्रधानमन्त्री देउवा र माधव नेपाल पोखरा आइसकेको शर्माले जानकारी दिए। प्रचण्ड आज विहान पोखरा आउने शर्माको भनाई छ।