संविधानको रक्षा र समृद्धिका लागि गठबन्धन: प्रधानमन्त्री देउवा

देउवाले भने, ‘संविधानको रक्षा, राजनीतिक स्थिरता र समृद्धिका लागि गठबन्धनको जित अपरिहार्य छ।’

जनसम्मत
कार्तिक ४, २०७९, शुक्रबार

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको औंल्याउका छन्।

पाँच दलीय गठबन्धन गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलाको आज (शुक्रबार) पोखरामा बोल्दै उनले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भएको स्पष्ट पारे।
संविधानको रक्षा, राजनीतिक स्थिरता र समृद्धिका लागि गठबन्धनको जित अपरिहार्य छ,’ देउवाले भने।

यो चुनावले संविधानको रक्षा, स्थिरतासँगै समावेशीतालाई अघि बढाउँदै राष्ट्रिय एकता स्थापित गर्ने उनको जिकिर थियो।

उनले भने, ‘सबैको समावेशीता नै राष्ट्रिय एकता हुन्छ, राष्ट्रिय एकताबाट नै देश बलियो हुन्छ। यो सबैको प्रतिनिधित्व हुने व्यवस्था हो। प्रधानमन्त्रीले गठबन्धनले जित्नुपर्ने आवश्यकता छ ।’

गठबन्धनमा कुनै बहानामा शंका उपशंका गराउन नहुने उनको भनाई थियो। उनले बोली तथा व्यहारमा तिक्तता आउने काम कसैबाट पनि हुन नहुनेमा जोड दिए। वर्तमानमा कुनै पार्टीको बहुमत आउन नसक्ने भएकाले पार्टी मिल्नुपरेको उनको भनाई थियो।

गठबन्धनमा सबैको जीत भएको उल्लेख गर्दै उनले यसलाई कायम राख्दा सबैको अवसर आउने बताए। निर्वाचनमा जाँदा सबै पार्टीमा कसैले टिकट पायो या कसैले पाएन त्यसमा प्रवाह नगरी लाग्न आग्रह गर्दै उनले गठबन्धनको सरकार बनेमा अन्य विभिन्न अवसर उपलब्ध हुने उल्लेख गरे।