राष्ट्रिय खेलकुद: पुरुष हक्कीमा आर्मीलाई स्वर्ण, गण्डकीलाई कास्य

जनसम्मत
कार्तिक ३, २०७९, बिहीवार

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष हक्कीको फाइनलमा विभागीय नेपाल आर्मी विजयी भएको छ।

हेम्जाको गौरीशंकर खेलमैदानमा विहीबार सम्पन्न फाइनलको टाइब्रेकरमा नेपाल आर्मी २–१ गोल अन्तरले विजयी भएको हो। खेल अवधिभर कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो।

टाइबे्रकरमा आर्मीका रोशन चौधरी र प्रदीप राजवंशीले गोल गरे। यता, नेपाल पुलिसको तर्फबाट नविन क्षत्रीले १ गोल गरे। शशी दर्लामीले गरेको गोल आउट हुन पुगेपछि आर्मीलाई विजेता बन्ने अवसर मिलेको हो।

आर्मीले आठौं राष्ट्रिय खेलकुदमा पनि फाइनलमा नेपाल पुलिसलाई हराउँदै स्वर्ण जितेको थियो।

यस्तै, आजै भएको पहिलो खेलमा कर्णालीलाई हराउँदै गण्डकीले कास्य पदक जितेको छ। गण्डकीले ३–० को गोल अन्तरले कर्णालीलाई हराएको हो।

गण्डकीका लागि खेलको १० औं, २७ औ र ४४ औ मिनेटमा पिताम्वर थापाले गोल गरे। त्यस्तै, ५७ औं मिनेटमा विशाल कुमालले गोल गरे। प्रतियोगितामा ९ टिम सहभागी थिए।