राष्ट्रिय खेलकुद: पुरुष स्क्वासमा गण्डकी टिम च्याम्पियन

महिलातर्फ बागमतीकी विपनालाई स्वर्ण

जनसम्मत
कार्तिक ३, २०७९, बिहीवार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्क्वास खेलमा पुरुष टिम इभेन्टतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ।

पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा विहीबार सम्पन्न फाइनल खेलमा गण्डकीका अमृत थापामगरले बागमती प्रदेशका अरहान्त सिन्हालाई ११–८, ११–६ र ११–८ अंकले पछि पार्दै ३–० को सोझो सेटमा पराजित गर्दा गण्डकीका दीपक थापाले वागमतीका अमिर ब्लोनलाई ११–७, १३–११ र ११–३ अंकले पछि पार्दै ३–० सो सोझो सेटमा हराउदै स्वर्ण पदक जिते। फाइनलमा पराजित वागमती प्रदेशले रजत पदक पायो।

टिम इभेन्टर्फको खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपीएफ र प्रदेश–१ लाई हराउँदै लुम्बिनी प्रदेशले कास्य पदक जिते।

त्यस्तै, महिला व्यक्तिगत स्पर्धामा वागमतीकी विपना ब्लोन च्याम्पियन बनिन्। उनले सोही प्रदेशकै स्वस्थानी श्रेष्ठलाई ३–१ को सेटमा हाराउँदै स्वर्ण पदक जितिन् भने वागमतीकी भावना सुनुवार र गण्डकीकी कृष्णा थापामगरले संयुक्त रुपमा तेस्रो बन्दै कास्य पदक प्राप्त गरे।

पुरुषतर्फ व्यक्तिगत स्पर्धामा गण्डकीकै अमृत थापामगरले स्वर्ण, वागमतीका अरहान्त सिंहाले रजत र सोही प्रदेशकै अमिर ब्लोन र गण्डककीका दीपक थापा संयुक्त तेस्रो बन्दै कास्य पदक जिते।

स्क्वास प्रतियोगितामा २ विभागीय र ५ प्रदेश गरी पुरुषतर्फ कुल २५ जना र महिलातर्फ ७ जनाले प्रतिस्पर्धा गरेका थिए।