राष्ट्रिय खेलकुद: कबड्डीमा महिला/पुरुष दुबैतर्फ आर्मीलाई स्वर्ण

पुरुषतर्फ लुम्बिनी र महिलातर्फ पुलिसलाई रजत

जनसम्मत
कार्तिक ३, २०७९, बिहीवार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत कबड्डीमा डिफेन्डिङ च्याम्पियन त्रिभूवन आर्मी क्लवले दोहोरो स्वर्ण जितेको छ।

बिहीबार पोखरामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा पुरुषतर्फ लुम्बिनी प्रदेशलाई ४१–२० पोइन्टले र महिलातर्फ नेपाल पुलिस क्लवलाई ३०–२३ पोइन्टले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण जितेको हो।

पुरुषतर्फ पराजित लुम्बिनी प्रदेश र महिलातर्फ नेपाल पुलिस क्लवले उपविजेता बन्दै रजत पदकमा चित्त बुझाए।

प्रतियोगितामा पुरुषतर्फ सुदुरपश्चिम प्रदेश र नेपाल पुलिस क्लव यस्तै महिलातर्फ लुम्बिनी प्रदेश र सशस्त्र प्रहरी बल कास्य पदक विजेता बने।

प्रतियोगितामा पुरुषतर्फ कर्णाली प्रदेशका मिराप थापामगर र महिलातर्फ त्रिभूवन आर्मी क्लवकी अनुजा कुलिङ्ग राई उत्कष्ट खेलाडी घोषित बन्दै जनही ५/५ हजार रुपैयाँसहित मेडल र पमाणपत्र प्राप्त गरे।

आर्मी सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि महिला तथा पुरुष दुवै समुहको स्वर्ण विजेता हो।

यही असोज ३० गतेदेखि शुरु भएको प्रकितयोगिताको कबड्डीमा महिला तथा पुरुष दुबैतर्फ ७ प्रदेश र ३ विभागिय गरी टिमको सहभागिता थियो।