राष्ट्रिय खेलकुद : खो:खो: पुरुषमा आर्मीलाई स्वर्ण

जनसम्मत
कार्तिक ३, २०७९, बिहीवार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रंगशालामा भएको खो:खो: प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ।

विभागीय टिम आर्मीले लुम्बिनी प्रदेशलाई १४–१० को अंकले हराउँदै स्वर्ण पदक हात पारेको हो।

पुरुषतर्फ बागमतीले प्रदेश–१ लाई नै हराउँदै कास्य पदक जित्यो। बागमतीले २८–७ अंकले प्रदेश–१ लाई पराजित गरेको हो। असोज ३० देखि सुरु भएको प्रतियोगितामा २ विभागीयसहित ९ टिम सहभागी थिए।